add

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो,नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ जना






ActPro Nepal

|

१४ असार, २०७७

|
747

काठमाडौं।  विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड नाघेको छ । 

पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७५ हजार ११५ पुगेको वल्डोमिटरले जनाएको छ ।  श्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५ लाख ६२६ पुगेको छ । यसैगरी विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ४८ सयले ज्यान गुमाउँदा झण्डै २ लाख नयाँ संक्रमित थपिए ।

कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना संक्रमित भएका छन् भने अमेरिकामा एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ । ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जना संक्रमित भएका छन् भने ५७ हजार १०३ को मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन् । रसियामा अहिले सम्म ६ लाख २७ हजार ६४६ जना संक्रमित भएका छन् भने ८ हजार ९६९ जनाको मृत्यु भएको छ । रसियामा अहिलेसम्म ३ लाख ९३ हजार ३५२ जना ठिक भएका छन् ।  

भारतमा ५ लाख २९ हजार ५७७ जना संक्रमित भएका छन् भने १६ हजार १०३ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा ३ लाख १० हजार १४६ जना ठिक भएका छन् । 

नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ भने कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ। त्यस्तै नेपालमा डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.