add

शैक्षिक परामर्श सेवा बन्द हुँदा व्यवसायी नै धरासयी हुने अवस्थामा






ActPro Nepal

|

२३ जेठ, २०७७

|
1395

काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघले सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले शैक्षिक परामर्श व्यवसायीको बारेमा धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिमार्फत उसले कोरोना भाइरस (कोभिड–१९) को प्रभावलाई नियन्त्रण गरिसकेका मुलुकका लागि वैदेशिक शैक्षिक अनुमति पत्र सुचारु गर्न सरकारसँग आग्रह समेत गरेको छ ।

सरकारले कोरोना महामारीको प्रभावलाई हेरी विदेश पढ्न जानको लागि अध्ययन स्वीकृतको पत्र कुनै देशलाई जारी गर्ने तथा कुनै देशलाई जारी नगर्ने गरेको निर्णयका कारण व्यवसायी आशिंक रुपमा प्रभावित भएको र लकडाउनपछि व्यवसायको कारोबार शुन्य रहेको नेकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयदेखि शैक्षिक परामर्श सेवा बन्द हुँदा व्यवसायी नै धरासयी हुने अवस्थामा पुगेकाले शैक्षिक परामर्श व्यवसायी क्षेत्रलाई अति प्रभावित व्यवसायीक क्षेत्र अन्तर्गत सूचिकृत गर्न सरकारसँग नेकाले आग्रह गरेको छ । नेकाले सहृलियत ऋणरपुनःकर्जाको सुविधा, कर छुट तथा कर तिर्नका लागि सहज समयावधि साथै कर्मचारीहरुको तलबमा लाग्ने करमा अधिकतम सहुलियत प्रदान गरी व्यवसायीक हौसाल प्रदान गर्न आग्रह गरेको छ ।

लकडाउन खुलेपछि कार्यालय सञ्चालनका साथै घरभाडा, कर्मचारीको तलब भत्ता, मसलन्द लगायतका खर्च, सरकारको विभिन्न करहरुको साथै आफ्नो पनि दैनिकी गुजारा गर्न कठिन हुने नेकाको भनाई छ ।

विज्ञप्ति हेरौँ





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.