add

यसरी सफल बन्यो एसपी ओम रानाको अभियान प्रभावकारी






ActPro Nepal

|

९ जेठ, २०७७

|
16023

काठमाडौं । एसपी (प्रहरी उपरीक्षक) ओम रानालाई प्रहरी संगठन भित्र बौद्धिक अधिकृतका रुपमा पनि चिनिन्छ ।

प्रहरीमा नौलो एवं प्रभावकारी र तत्कालै नतिजा दिइहाल्ने अभियान भित्राउने तथा त्यसलाई कार्यान्वयनमा ल्याइहाल्ने क्षमता उनमा छ । 

नयाँ र परिस्कृत अभियानका परिकल्पनाकार एसपी रानाले कास्की प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा धेरै अभियानहरु सञ्चालनमा ल्याए । ती मध्ये आधा दर्जन अभियान अपराध नियन्त्रण एवं अनुसन्धानका सवालमा विशेष र महत्वपूर्ण रहे ।

संगठन भित्र कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका रानाको आफ्नो कार्यकाल विशेष र सफल रहेको संगठनको दाबी छ ।

स्वच्छ छवि, भद्र र सालिन स्वभावका उनको कार्यकाल सफल हुनुमा संगठनका अधिकारीको साथ महत्वपूर्ण रहयो । प्रहरी–नागरिक सम्बन्ध विस्तार र सुधारमा प्रहरी संगठन भित्र उनको महत्वपूर्ण योगदान रहेको चर्चा छ ।

प्रहरी संगठन शून्य सहनशीलतामा चल्नु पर्छ भन्ने धारणा राख्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमताका एसपीराना नेपाल प्रहरीका तल्ला दर्जालाई माया गर्ने प्रहरी अधिकारीका रुपमा परिचित छन् ।


कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने, कुशल कार्य क्षमता, अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि सम्झौता नगर्ने तथा सबै कुरा कानुन अनुसार नै हुनु पर्छ भन्ने उनको स्वभाव हो । 

कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रदै समाजमा व्याप्त गुण्डागर्दी, अन्य अपराध, मानव बेचबिखन, चोरी तस्करी नियन्त्रण गरेर राना चर्चामा रहे ।

पोखराको ११ वर्षीय बालिकाको बलत्कार प्रकरण लगायतका ठूला र जघन्य प्रकृतिका घटनाको सफल अनुसन्धानले पनि उनको अपराध नियन्त्रण र अनुसन्धान गर्ने क्षमता अब्बल छ भन्ने सावित गरेको सरोकारावालाहरु बताउँछन् । 


अवैध रुपमा भित्राइने गरेका साना हतियार तथा लागुऔषध नियन्त्रणमा उनको भूमिका महत्वपूर्ण रहयो ।

रानाकै पालामा कास्की  प्रहरीले सञ्चालन गरेका अभियानहरु पर्यटकीय शहर पोखरामा अपराध नियन्त्रण र अनुसन्धानका सवालमा प्रभावकारी बनेर गएका छन् । 


लागुऔषध नियन्त्रण, मापसे (मादक पदार्थ सेवन) परीक्षा  अभियान बढी प्रभावकारी देखिएका हुन् । 

अभियानले नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन सहयोग गरेको सरोकारावालाहरुको भनाइ छ ।



नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै अपराध नियन्त्रण, अनुसन्धान र शान्त समाज निर्माणमा प्रहरीका अभियान प्रभावकारी हुँदा सर्वसाधारणले सुरक्षित महसुस गर्न सकेको नागरिक अगुवाको भनाइ छ । 

यी हुन् एसपी राना सफल हुनुका कारण :- 

कास्की प्रहरी प्रमुख रहेका बेला एसपी रानालाई धेरै प्रहरी अधिकारीको साथ रहयो । जवानदेखि डीएसपीसम्मले गरेको सहयोग र माथिल्लो स्तरका प्रहरी अधिकारीकै सहयोगले राना सफल बनेका हुन् । 

जिल्ला भरी हुने विभिन्न घटनाका बारेमा ‘अपडेट’ भएर त्यसका बारेमा सार्वजनिक गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गर्ने जिम्मेवारी बहन गरेका रानाले गहन ढंगले सोचेर र विश्लेषण गरेर मात्रै बाहिर ल्याउँनाले नै  उनि सफल  रहेको अकलन गर्न सकिन्छ । 

कुन कुराले दूरगामी असर पार्छ भन्ने कुरामा उनी ख्याल गर्छन् । अझैपनि प्रहरी कार्यालयमा आइपुग्ने अनेक झमेला र लफडाको निकास खोज्ने जिम्मेवारी पनि उनकै काँधमा छ । ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ र पहिचान गर्न एसपी  रानाको भूमिका महत्वपूर्ण थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.