add

ग्लोबल आईएमई बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारी सम्मानित






ActPro Nepal

|

१९ पुष, २०७९

|
365


काठमाडौं । ग्लोबल आईएमई बैंकले स्थापनाको १६ औं वार्षिकोत्सवका अवसरमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ । सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ती कर्मचारीलाई सम्मान गरे ।

अध्यक्ष ढकालले १५ वर्ष पूरा गर्दा बैंक अधिकांश वित्तीय सूचकहरुमा अब्बल बन्न सफल रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सेवालाई ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

बैंकका सतहत्तरै जिल्लामा २९२ शाखा, २७१ एटीएम, २८३ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर सञ्चालनमा छन् । त्यसैगरी, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.