add

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा उच्च वृद्धि, जगेडा कोषमा २ अर्ब ६२ करोड






ActPro Nepal

|

३० वैशाख, २०८१

|
282

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५५.३५ प्रतिशतले बढेको छ ।

चालु आवको चैत मसान्तसम्म इन्स्योरेन्सले ४७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७ करोड रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष चैतसम्म ३० करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद बीमाशुल्क, खुद आम्दानी र लगानी तथा कर्जा आय बढ्दा कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा इन्स्योरेन्स खुद बीमा शुल्क आम्दानी १६.१०६ प्रतिशत बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी १९.१८ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीको यस अवधिमा लगानी तथा कर्जा आयबाट हुने आम्दानी ४६.२६ प्रतिशतले बढेर ३७ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५.१९ प्रतिशतले घटेर ७७ करोड ९० लाख रुपैयाँमा झरेको छ ।

हाल २ अर्ब ६२ करोड चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ६२ करोड रुपैयाँ संचित छ । त्यस्तै, महाविपत्ती कोषमा १८ करोड ७९ लाख, रिटेन्ड अर्निङमा ३८ करोड २१ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २४.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४४.०५ रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.