add

नेपाल लाइफको नाफा ६० करोड, प्रतिसेयर आम्दानी कति ?






ActPro Nepal

|

३० वैशाख, २०८१

|
255

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा सुधार आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २२.२१ प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आवको चैत मसान्तसम्म ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १६ करोड रुपैयाँ धेरै । कम्पनीले गत वर्ष सोही अवधिमा ४९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्दा नाफामा वृद्धि भएको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.५० प्रतिशतले बढेर २९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । लगानी तथा अन्य आयबाट हुने आम्दानी ९.६५ प्रतिशत बढेर १० अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

हाल ८ अर्ब २० करोड चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब २९ करोड रुपैयाँ संचित छ । यस्तै, सेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ अर्ब ११ करोड रुपैयाँ छ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.७५ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँबाट बढेर ९.७५ रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १४८.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.२३ गुणा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.