add

शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशत बढ्यो, यस्ता छन् मुख्य वित्तीय सूचक






ActPro Nepal

|

३० वैशाख, २०८१

|
251

काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफामा वृद्धि भएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २६.२३ प्रतिशतले बढेको छ।

चालु आवको चैत मसान्तसम्म इन्स्योरेन्सले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९ करोड बढी हो । कम्पनीले कम्पनीले गत वर्ष चैतसम्म  ३० करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद बीमाशुल्क र खुद आम्दानी बढ्दा र खर्च घट्दा नाफामा सुधार आएको हो । समीक्षा अवधिमा इन्स्योरेन्स खुद बीमा शुल्क आम्दानी १६.०६ प्रतिशत बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी ३.४४ प्रतिशतले बढेर १ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीको यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी भने ८.५८ प्रतिशतले घटेर २५ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २१.०९ प्रतिशतले घटेर ५७ करोड २ लाख रुपैयाँमा झरेको छ । यस्तै, कुल खर्च २.५७ प्रतिशतले घटेर १ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ ।

हाल २ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ६५ करोड रुपैयाँ संचित छ । त्यस्तै, महाविपत्ती कोषमा १३ करोड ५१ लाख, रिटेन्ड अर्निङमा २६ करोड ११ लाख रुपैयाँ छ ।

खुद नाफा बढेसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५.५३ रुपैयाँबाट बढेर १९.६० रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १९९.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.२४ गुणा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.