add

अपि पावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

१ कार्तिक, २०८१

|
16

काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभाता तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक २ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न अपिले कात्तिक २९ गते २१ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.