add

साहस उर्जाको नाफा ११२ प्रतिशत बढ्यो






ActPro Nepal

|

२८ माघ, २०८०

|
229

काठमाडौ । साहस उर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ११२ दशमलव ३३ प्रतिशत वृद्धि भएको छ। गत आवमा कम्पनीले  २१ करोड ५९ लाख नाफा कमाएकोमा चालु आवमा बढेर  ४५ करोड ८६ लाख पुगेको हो।

चालु आवमा कम्पनीले विद्युत् बिक्रीबापत  १ अर्ब ५३ करोडभन्दा बढी आम्दानी गरेकाले नाफा बढ्न टेवा पुगेको हो। गत आवको दोस्रो त्रैमासमा भने कम्पनीले विद्युत् बिक्रीबापत आम्दानी गरेको थिएन। 

चुक्ता पुँजी ३ अर्ब ५० करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा २ अर्ब ६० करोडभन्दा बढी सञ्चिति गरेको छ। सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ २१ पैसा (वार्षिकीकरण) र प्रतिसेयर नेटवर्थ १ सय ७४ रुपैयाँ ५५ पैसा छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.