add

सम्पादकीय: 'स्वदेशी उत्पादनलाई अपहेलना नगरौं' !






ActPro Nepal

|

३ असार, २०८०

|
457

विश्वका कुनै पनि मूलुक सबै वस्तुका लागि पूर्ण रूपमा आत्मनिर्भर छैनन् र हुन पनि सक्दैनन् । तर, स्वदेशी उत्पादन उपयोग, उत्पादकलाई प्रोत्साहित र उत्पादनको प्रवर्द्धन गर्नुपर्छ । उपभोक्ताको समेत मन जित्न सकेको छैन, हाम्रो उत्पादनले । यसले देशमा विभिन्न सामाजिक मुद्दाहरूको समाधान गर्न सक्छ ।

‘कृषकहरुले आफ्नो उत्पादन आफैं उपझोक्तासम्म पुर्‍याउन सक्दैनौं।  ‘त्यसका लागि व्यापारीको सहयोग चाहिन्छ।व्यापारीले बढी नाफको लोभमा हाम्रो उत्पादनलाई अपहेलना गरेको जस्तो देखिन्छ । लगानी धेरै लाग्छ र बजारीकरण गर्न किसानको पहुँच छैन ।

व्यापारीबाट हैरान पाएका किसानले किसानले आइतबार करिब ३० हजार किलो गोलभेँडा फ्याकेका छन् ।  सिजनमै छ्याप्छ्प्ती भारतीय गोलभेँडा भारतबाट आयात भएपछि किसान मारमा परेका हुन्।

नेपालमा उत्पादन हुने सिजनमा भारतीय उत्पादन रोकियो भने किसानलाई केही हदसम्म राहत हुनेथियो ।  हाल भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ छ। त्यस्तै नेपाली टनेल गोलभेँडाको भने न्यूनतम मूल्य प्रतिकिलो ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ छ। 

प्रतिकेजी आठ रुपैयाँमा त्यहाँका ‘बिचौलिया’ ले किनेर उपभोक्तालाई भने ४० रुपैयाँमा बेच्दा रहेछन् । एक केजीमा बिचौलियाले ३२ रुपैयाँ खाँदो रहेछ ।

फ्याँकिएको गोलभेँडाको हिसाबले हेर्ने हो भने दुःख गरेर फलाउने किसानले २ लाख ४० हजार रुपैयाँ पाउँदो रहेछ । बिचौलियाले ९ लाख ६० हजार रुपैयाँ । यस्तो थिति भएपछि किसान बनेर बाँच्न नसकिने बरु बिचौलियाले बिनामेहेनत बसीबसी पैसा कमाउँदो रहेछ ।

भारतबाट तरकारी नेपालीका भान्सासम्म आइपुग्छन्— बिनारोकटोक । न क्वारेन्टाइन गर्नुपरेको छ, न त ती भारतीय तरकारीमा कति विषादी छन् हेर्नुपरेको छ । निर्वाध आइरहेका छन् । केपी ओलीका कृषिमन्त्रीले भन्सारमा भारतीय तरकारी क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था लागू गर्न खोज्दा दुई दिन पनि टिकेन ।

स्थानीय तथा प्रदेश सरकारले चिस्यान केन्द्रको व्यवस्था गर्ने, बजारीकरणका लागि सहयोग गर्ने, माग र आपूर्तिको विश्लेषण गरी कम्तीमा किसानले फलाएको उब्जनीको केही नाफा हुने गरी मूल्य तोक्ने संयन्त्र स्थापना गर्ने लगायतका थुप्रै काम गर्न सकिन्छ । तर, यी त बडा झन्झटिला काम हुन्, चुनाव आउन अझै चार वर्ष बाँकी छ भन्ने मानसिकता अधिकांश जनप्रतिनिधि भनाउँदाहरूमा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.