add

चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा






ActPro Nepal

|

१२ मंसिर, २०८१

|
161

चन्द्रपुर (रौतहट) । रौतहटको चन्द्रपुर नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि नगरपालिकाको सहकारी शाखाले सूचना प्रकाशन गरेको छ ।

सहकारी शाखाले चन्द्रपुर नगरपालिका सहकारी ऐन, २०७९ परिच्छेद १४ दफा ६६ उपदफा (१), (२) (३), (४), (५) र (७) तथा दफा ६७ उपदफा (१), (२) बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा यो सूचना प्रकाशित भएको उल्लेख गरिएको छ ।

३५ दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपी, पछिल्लो साधारणसभा भेलाको छायाकपीलगायत आवश्यक कागजातसहित चन्द्रपुर नगरपालिका सहकारी शाखामा सम्पर्क गर्न सहकारी शाखाका प्रमुख शेख नसरे आलमले जानकारी दिएका छन् ।

तोकिएको समय सीमाभित्र सम्पर्क गर्न नसक्ने सहकारी संस्थालाई खारेज प्रक्रियामा लगिने शाखा प्रमुख आलमले बताए । चन्द्रपुर नगरपालिकाको सहकारी शाखाद्वारा जारी पत्रमा चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, छहारी समाज कृषि सहकारी संस्था लि चन्द्रपुर ४, कामधेनु महिला दुग्ध उत्पादन सहकारी संस्था लि चन्द्रपुर ५, देवी कृषि सहकारी संस्था लि चन्द्रपुर ४, सक्षम कृषि सहकारी संस्था लि चन्द्रपुर ४, अनुग्रह सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, चाँदी स्वास्थ्य सहकारी संस्था लि चन्द्रपुर ४ खारेजीको प्रक्रियामा रहेको उनले जानकारी दिए।

यसैगरी सयपत्री बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, सिद्धार्थ कृषि सहकारी संस्था लि चन्द्रपुर १०, पारिजात साथी कृषि सहकारी संस्था लि चन्द्रपुर १, कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लि चन्द्रपुर २, सगुन कृषि सहकारी संस्था लि चन्द्रपुर २, नुनथर कृषि सहकारी संस्था लि चन्द्रपुर २, आग्रह महिला विकास बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, डुमरिया महिला कृषि सहकारी संस्था लि चन्द्रपुर ९, शिवशक्ति कृषि सहकारी संस्था लि चन्द्रपुर १०, गढीमाई कृषि सहकारी संस्था लि चन्द्रपुर ९, रामायण कृषि सहकारी संस्था लि चन्द्रपुर ९ समेत खारेजीको प्रक्रियामा छन् ।

त्यस्तै कलश बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ९, शिव बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर १०, श्रमजीवी कृषि सहकारी संस्था लि चन्द्रपुर ९, गोधुली कृषि सहकारी संस्था लि चन्द्रपुर ८, आशिक कृषि सहकारी संस्था लि चन्द्रपुर ८, वृन्दावन महिला दुग्ध उत्पादन सहकारी संस्था लि चन्द्रपुर ८ र नुनथर सुचना तथा संचार सहकारी संस्था लि चन्द्रपुर चार गरेर २५ वटा सहकारी संस्थाको खारेजीको प्रक्रियाको लागि नगरपालिकाले नाम प्रकाशन गरेको छ ।रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.