add

नेप्सेमा उच्च अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

१२ मंसिर, २०८१

|
5

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको वृद्धि भएको छ । यससाता सोमबारदेखि लगातार दोहोरो अंकले बढेको नेप्सेले आज पनि सोही लय कायम रोखेको हो । पछिल्ला ३ कारोबार दिनमै नेप्से ८८ अंकले बढेको छ ।

बुधबार नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ बिन्दुमा पुगेको छ । यस दिन ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै २ अर्बले बढेर ९ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटा समूह मध्ये फाइनान्स बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ९.२७ प्रतिशतले बढेको छ ।

आज जानकी फाइनान्सको सर्वाधिक ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको मात्र मूल्य घटेको छ ।

बढ्दो बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज मिथिला लघुवित्तका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.