add

‘बैंकिङ प्रणाली ओभर क्यापिटालाइज भएको छ, कुनै बाहनामा पूँजी बढाउन दिन हुँदैन’






ActPro Nepal

|

१ असार, २०८०

|
233

काठमाडौं । राष्ट्र बैंकका पूर्वगभर्नर तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीति खुकुलो बनाउने बेला अझै नभएको बताएका छन् ।

बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफलमा बोल्दै उनले मौद्रिक नीतिको कुलिङ पिरियड नसकिएकाले नीति खुकुलो बनाउने बेला नभएको बताएका हुन् ।

‘मौद्रिक नीतिको कुलिङ पिरियड सकिएको छैन । तताएको पनि राष्ट्र बैंकले नै हो । यसलाई कुलिङ हुन दिनुपर्छ,’ उनले भने, ‘भुक्तानी सन्तुलनमा झै अनुकूल भएको छैन । ल्यवृद्धिको चाप कायमै छ ।’

खतिवडाले बैंकिङ प्रणाली ओभर क्यापिटलाइज भएकाले पूँजीकोष बढाउन दिने गल्ती गर्न नहुने बताए । ‘हाम्रो बैंकिङ क्षेत्र जिडीपीको तुलनामा ओभर क्यापिटलाइजेसन भइसकेको छ । यो वा त्यो बहानामा पूँजी कोष बढाउन दिइनु हुँदैन । यो गल्ती नगरौं,’ उनले भने ।

व्यापारभन्दा कृषि र उद्योग लगायत उत्पादन क्षेत्रमा कर्जा लगानी बढाउनुपर्ने बताए । अहिले बैंकर र व्यवसाय छुट्याउने उपयुक्त समय भएको पनि उनको धारणा छ । ‘बैंकर र व्यवसाय छुट्याउन सक्नुपर्छ । अहिले डाइभर्ट गर्न दिएर बैंकर वा व्यवसायी बन्ने बाटो खुला गर्नुपर्छ,’ उनले भने ।

राष्ट्र बैंकले आर्थिक वृद्धिको चिन्ताभन्दा स्थायित्वमा जोड दिनुपर्ने उनले बताए । ‘६ प्रतिशतको आर्थिक वृद्धिका लागि कर्जा बढाउनु पर्छ भन्ने छैन । अहिले पनि आर्थिक वृद्धिको चिन्तम गर्नुपर्दैन । भुक्तानी सन्तुलन र मूल्यवृद्धि स्थायित्वको राख्नुस,’ उनले भने ।

अब स्प्रेडको विषय चलाउन नहुने र बैंकले आफैं निक्षेपको ब्याजदर तय गर्नुपर्ने उनले बताए । ‘निक्षेपको ब्याजदर आफैं गर्नुस् । बैंकरहरूको मिलिभगत मन परेको छैन । यो लाजमर्दो नै भयो,’ बैंकर्स संघको ब्याजदर निर्धारण गर्ने विषयमा उनले टिप्पणी गरे ।

रिफाइनान्समा कुलिङ पिरियडभरी बैंकको ब्याजदर बढाउनुभन्दा माइक्रोफाइनान्स नियमनको व्यवस्था गर्नुपर्ने उनले बताए । सहकारी नियमनको जिम्मेवारी राष्ट्र बैंकलाई दिन नहुने उनको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.