काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री प्रचण्डले विहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए।
सोही निर्देशन अनुसार निगमले आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
यस्तै यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।