add

तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय,अब संस्थागतको घट्ने






ActPro Nepal

|

२० साउन, २०७९

|
709

काठमाडौं । वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर फागुनदेखि यथावत राखेका छन् । बैंकर्स संघको शुक्रबार बसेको बैठकले ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।

छलफलमा सबै बैंकका सीईओले राष्ट्र बैंकको निर्देशनअनुसार भदौको लागि ब्याजदर प्रकाशित गर्दा संस्थागत मुद्धती निक्षेपको ब्याजदर समायोजन गर्ने र अन्य ब्याजदरलाई निरन्तरता दिने सहमति भएको स्रोतले जनाएको छ ।

यस निर्णयसँगै अब संस्थागत निक्षेपको ब्याजदर थप सस्तो हुने भएको छ । केन्द्रीय बैंकले व्यक्तिगत निक्षेपको भन्दा २ प्रतिशतले संस्थागतको ब्याजदर सस्तो हुनुपर्ने व्यवस्था गरेको छ ।

सोही आधारमा अब संस्थागतको ब्याजदर घट्ने भएको हो । यसअघि यस्तो अन्तर १ प्रतिशतमात्र थियो । यता, केन्द्रीय बैंकले बैंक दर र नीतिगत दरहरु बढाउँदै ब्याज वृद्धि गर्न बैंकहरुलाई प्रेरित गरेको थियो ।

बैंकहरु भने अहिलेको अवस्थामा ब्याजदर नबढाउने निर्णयमा पुगेका हुन् । यसबाट आम ऋणी र सेयर लगानीकर्तालाई भने राहत मिल्नेछ ।

तरलता अभाव झेलिरहेका बैंकहरूले ब्याजदर बढाउँदैमा थप निक्षेप नआउने भन्दै ५ महिनायता ब्याजदर स्थिर राखेका छन् । चैतदेखि बैंकहरूले निक्षेपको ब्याजदर ११.०३ प्रतिशत कायम राखेका छन् ।

यसअघि संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत कम हुनुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार अब संस्थागत निक्षेपको ब्याजदर ९.०३ प्रतिशत हुने देखिएको छ ।

हाल व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०३ प्रतिशत छ । संस्थागत निक्षेपको २ प्रतिशत कम गर्दा ९.०३ प्रतिशत कायम हुने भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.