add

गरिमा विकास बैंककाे नाफा १ अर्ब भन्दा माथी, प्रतिसेयर आम्दानी पनि बढ्याे






ActPro Nepal

|

२० साउन, २०७९

|
575

काठमाडौं । गरिमा विकास बैंकले पनि १ अर्ब बढी खुदा नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६.३५ प्रतिशत बढी हो। बैंकले अघिल्लो आवको सोही अवधि ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा बढोत्तरी आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत बढेर २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा २५.६८ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

हाल ४ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब २३ करोड, रिटेन्ड अर्निङमा ७५ करोड रुपैयाँ र सेयर प्रिमियममा ९७ हजार संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ७५ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले करिब १३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ३२ पैसा बढेर २३.०७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४४.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.७८ गुणा, खराब कर्जा ०.८५ प्रतिशत, बेसरेट ११.४१ प्रतिशत, स्प्रेडदर ४.६६ प्रतिशत र सीडी रेसियो ८५.३१ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.