add

तोकिएको समयमा नै पुँजी वृद्धि गर्न बिमा कम्पनीलाई समितिको निर्देशन






ActPro Nepal

|

१६ वैशाख, २०७९

|
1199

काठमाडौं । काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पूँजी बढाउनै पर्ने बताएका छन् ।

बीमा समितिको आयोजनामा काठमाडौंमा आयोजित बीमकको पूँजी बृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले उक्त कुरा बताएका हुन् ।

बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पूँजी बृद्धिको निर्णय गरेको हो ।

बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।”

पूँजी बढाउन सक्ने बीमा कम्पनीले बढाउनुपर्ने र नसक्नेले विकल्पहरु खोज्नुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भने ‘मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको हो, बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो ।

समितिले जारी गरेको जोखिममा आधारित पूँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पूँजी आवश्यक पर्नसक्छ ।’

अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनी पूर्ण क्षमतामा चल्नुपर्यो । दाबी भुक्तानी हुनुपर्यो । कम्पनीको मुनाफा बढ्नुपर्यो

 देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुग्नु पर्यो ।स्थानीय तहमा बीमाका लागि पर्याप्त स्रोत र संभावना पनि छ, त्यहाँ कम्पनीहरु जानुप¥यो ।शाखा कार्यालयहरू स्रोत साधनले सम्पन्न हुनुपर्यो ।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा करिव करिव सबै बीमा कम्पनीबाट पूँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको जानकारी दिए ।

पूँजी बृद्धिका लागि कतिपयले हकप्रद शेयर, कतिपयले बोनश शेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेको बताए ।

कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीको सङ्ख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको औंल्याउनुहुँदै बीमा बजारलाई मर्यादित, सुशासित र दीगो बनाउने उद्देश्यले पूँजी बृद्धिको निर्णय भएको बताए ।

कार्यक्रममा बीमा समितिका निर्देशकहरु कमलप्रसाद रेग्मी र पूजन ढुङ्गेल ९अधिकारी० र सबै निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी तथा प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.