काठमाडौं ।नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ।
केन्द्रीय तथ्यांक विभागले विहीवार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु वर्षमा नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर (१ लाख ६४ हजार ५ सय ९८ रुपैयाँ) पुग्ने अनुमान गरेको हो।
त्यस्तै विभागले चालू मूल्य अनुसार आधारभूत मूल्यमा मुलुकको कुल अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ । उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुग्ने विभागको अनुमान गरेको छ ।
त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ लाख ६५ हजार ६ सय ४९ अर्थात् १ हजार २३ सय ८१ अमेरिकी डलर पुगेको विभागले जनाएको छ।

 
		    		 About Us
                        About Us
Comment