काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।
बिहिबार सेयर बजार मापक सूचक नेप्से ११.३४ विन्दुले घटेर १५८९.६४ विन्दुमा आइपुगेको छ ।
यसदिन १९३ कम्पनीको २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ९ वटा समूहको परिसूचक ओरालो लागेका छन् ।
आज फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ३१.७२ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ७४.३१ अंकले घटेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।