add

बिना धितो ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन व्यवसायीको माग






ActPro Nepal

|

२४ भदौ, २०७७

|
875

काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन र निषेधाज्ञा अवधिको घरघाडा र कर्जाको ब्याज मिनाह गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गर्दै व्यवसायिक घरभाडा मिनाह गर्नुपर्ने, ५ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने माग गरेका हुन् ।

सरकारले लकडाउन थप्दै जाने तर उद्योगी व्यवसायीलाई परेको समस्यालाई भने वेवास्ता गर्दै आएको आरोप महासंघको छ ।

निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने बताएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.