add

१० निर्माण कम्पनी कालोसूचीमा, एकदेखि तीन वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने






ActPro Nepal

|

२८ फागुन, २०८१

|
350

काठमाडौं। सम्झौताअनुसारको काम नगरेपछि १० वटा निर्माण कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। 

कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै आजदेखि लागू हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरु आठ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको जनाएको छ

कालोसूचीमा परेका कम्पनीहरूको विवरण अनुसार, गणेश तङनामीको नेतृत्वमा रहेको तारालक्ष्मी निर्माण सेवा, गुल्मी र अनिल बस्नेतको नेतृत्वमा रहेको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि, काठमाडौं डेढ वर्षको लागि कालोसूचीमा राखिएका छन्। यी कम्पनीहरूलाई कालोसूचीमा राख्न गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले सिफारिस गरेको हो।

त्यसैगरी, सुभोद्ध खतिवडाको नेतृत्वमा रहेको सनम निर्माण सेवा, संखुवासभा र कमल सापकोटाको नेतृत्वमा रहेको निर्जरा निर्माण सेवा, सभापोखरी गाउँपालिकाले एक वर्षका लागि कालोसूचीमा परेका छन्।

अशोक गैरेको नेतृत्वमा रहेको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि, काठमाडौं पनि एक वर्षका लागि कालोसूचीमा परेको छ। यसलाई कालोसूचीमा राख्न डोटीको शिखर नगरपालिका ९ स्थित सीताराम माविले सिफारिस गरेको थियो।

त्यस्तै, सशस्त्र प्रहरी बलको ९ नम्बर गण हेडक्वाटर, महोत्तरीको सिफारिसमा जी.एस. निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन्। गोपाल प्रसाद दाहाल र कमान सिंह लामा यी कम्पनीहरूको मुख्य व्यक्तिहरू हुन्।

राजेन्द्र निर्माण सेवा, रफिना एण्ड कन्स्ट्रक्सन, र राम निर्माण कन्स्ट्रक्सन, जसका नेतृत्व क्रमशः भिमबहादुर सावद, रविन कुमार जोशी, र सुरेश कुमार सिलवाल गर्दैछन्, ती सबैलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ। यी कम्पनीहरूलाई कालोसूचीमा राख्न पुरातत्व विभागले सिफारिस गरेको थियो।

कालोसूचीमा राखिएका कम्पनीहरूलाई अब आगामी डेढ वर्षसम्म सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा भाग लिन नपाउने छ। सरकारले जिम्मेवारी पूरा नगरेका कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रावधान छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.