काठमाडौं । विश्वमा बढ्दो कोरोना भाइरसको संक्रमणसँगै कोरोना बीमालेख प्रति मानिसको आर्कषण देखिएको छ ।
बीमा समितिको निर्देशनमा निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गतेबाट विक्री शुरु गरेको कोरोना बीमालेखा एकमहिनाको अवधिम बुधबार सम्ममा १ लाख ३० हजार बढीले कोरोना बीमा गरिसकेका छन् । त्यसबाट ७ करोड रुपैयाँभन्दा धेरै बीमा शुल्क संकलन भएको छ ।
हाल सञ्चालनमा रहेका २० ओटै निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेका छन् ।पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएसँगै विभिन्न कम्पनीहरुले समेत आफ्ना कर्मचारीको सामूहिक रुपमा बीमा गर्न थालेपछि पोलीसी किन्नेको संख्या बढेको समितिको भनाइ छ ।
बीमा समितिले कोरोनाको बढ्दो जोखिमलाई मध्येनजर गर्दै यो पोलिसी ल्याएको थियो । समितिले कोरोना पाजेटिभ देखिन साथ भुक्तानी गर्ने गरी २ किसिमका पोलिसी ल्याएको छ । जसमा १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख छ।
१ लाख रुपैयाँ बराबरको व्यक्तिगत बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत समावेश गरेमा प्रतिव्यक्ति थप ६०० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ ।
यस्तै ५० हजार रुपैयाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बीमा गर्दा ३०० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ । बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बिमा रकम प्राप्त गर्न सकिनेछ ।
कसरी पाइन्छ भुक्तानी ?
बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ ।
दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।
यसरी बीमा पोलेसी किनेका मानिसको कोरोना भाइरस संक्रमण पुष्टी भएको खण्डमा बीमा कम्पनीले १ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने छ ।
त्यसको लागि कुनै किसिमको भौचर वा बिलको आवश्यकता पर्ने छैन । बीमितको कोरोना पोजेटिभ भएको प्रमाणित भएको कागज भए दाबी भुक्तानी हुने छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।