add

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५ प्रतिशत छुट






ActPro Nepal

|

४ चैत, २०७६

|
1063

काठमाडौं  ।  एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाडौं स्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५५ सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका हुन् । उक्त योजना एक वर्षको लागि लागू हुने सम्झौतामा उल्लेख छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । बैंकका कर्मचारीहरूलाई पनि योजना अनुसारको छुट उपलब्ध हुने बताइएको छ । यसैगरी ग्राहकले देशभरका २ हजार ४ सयवटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.