add

पुनर्बीमा कम्पनीको आईपिओ खुल्यो,चैत्र ४ देखि ७ गतेसम्म मात्रै आवेदन दिन पाइने






ActPro Nepal

|

४ चैत, २०७६

|
1046


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मंगलवारदेखि आईपीओ निष्कासन गरेको छ । 

कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । सोमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको छ । 

कूल ए१ अर्ब ६० करोड रुपैयाँको आईपिओमा आगामी चैत्र ४ गतेदेखि आवेदन भर्न पाइनेछ भने सम्भवतः चैत्र ७ गते नै बन्द हुनेछ । त्यसैले पुनर्बीमामा कम्पनीको आईपिओ भर्न चाहनेले अब तयारी सुरु गर्नुपर्ने भएको छ । नेपालको इतिहासमा पहिलो पटक आह्वान गरिएको आईपिओमा १५ देखि २० लाख जनाले आवेदन दिने अनुमान गरिएको छ ।

बिक्रीप्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले शुक्रबार सार्वजनिक रुपमा आह्वान पत्र जारी गर्दै १०० रुपैयाँ अंकित एक करोड ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरिएको जनाएको छ ।

सूचना अनुसार चैत्र ४ गतेदेखि खुल्ने आवेदन छिटोमा चैत्र ७ गते नै बन्द हुनेछ अर्थात जम्मा चार दिनमात्रै भर्न पाइनेछ भने ढिलोमा चैत्र १८ गते बन्द हुनेछ । चैत्र ७ गतेभित्र आह्वान गरिएको शेयर बराबरको प्रस्ताव नपरेमा मात्रै ढिलो मितिमा आवेदन दिन सक्ने सम्भावना रहेको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

उक्त आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ । यसका अलावा मेरो शेयर सफ्टवेयरमार्फत अनलाईनबाट पनि आवेदन दिन सकिने कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.