add

साढे चार महिनापछि डेढ अर्ब रुपैयाँको आइपीओ निष्काशन हुँदै, कति भर्ने ?






ActPro Nepal

|

३ चैत, २०७६

|
722

काठमाडौं । धितोपत्र बजारमा साढे चार महिनापछि डेढ अर्ब रुपैयाँको आइपीओ निष्काशन हुँदैछ ।

शिव श्री हाइड्रोपावर कम्पनी, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल रि-इन्स्योरेनस कम्पनी लिमिटेड, लाइब्रेटि इनर्जी कम्पनी लिमिटेड र यूनाइटेड आईदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले २ अर्ब ७५ करोड ४९ लाख ७८ हजार ६ सय मूल्य बराबरको २७ करोड ५४ लाख ४ हजार १८६ कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएका हुन् । 

शिव श्री हाइड्रोपावर कम्पनी 

शिव श्री हाइड्रोपावर कम्पनीले सर्वसाधरणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट असोज १ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले बोर्डबाट ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३ करोड ३५ लाख १ हजार १४० कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । आईपिओ निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ ।

एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड

एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डले फागुन ४ गते आईपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले बोर्डबाट ३३ करोड ९८ लाख ४हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ०४७ कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । सानिमा क्यापिटलले उक्त कम्पनीको आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धकको जिम्मा पाएको हो ।

नेपाल रि इन्स्योरेनस कम्पनी लिमिटेड

नेपाल रि-इन्स्योरेनस कम्पनी लिमिटेडले सर्वसाधरणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले बोर्डबाट १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । आईपिओ निष्काशनको लागि आरबीबी मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

लाइब्रेटी इनर्जी कम्पनी लिमिटेड

लाइब्रेटी इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन ८ मा आईपिओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले बोर्डबाट ३७ करोड ५० लाख ९१५ लाख स्थानिय, २२ लाख ५० हजार सर्वसाधरण मूल्यको ३७ लाख ५० हजार ९१५ लाख  स्थानीय, २२ लाख ५० हजार सर्वसाधरण कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । आईपिओ निष्काशनको लागि एनआईबिएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

 यूनाइटेड आइदि मर्दि एण्ड आरबि हाइड्रोपावर कम्पनी

यूनाइटेड आइदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनी सर्वसाधारणको लागि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन ११ मा आईपिओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले बोर्डबाट ४२ करोड मूल्य बराबरको आईपिओ निष्काशन अनुमति पाएको हो आईपिओ निष्काशन गर्न ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक तय गरिएको छ ।

कति भर्ने ?

नेपालमा आइपीओ भर्नेहरुको संख्या करिब पाँच लाख मानिन्छ । अहिले एक करोड ५१ लाख कित्ता आइपीओ निष्काशन हुँदैछ । त्यसकार आधार हेर्दा ३० देखि ५० कित्ता आवेदन गर्न उपयुक्त हुने बताइन्छ । यद्यपी, कति कित्ता आइपीओ भर्ने भन्ने निर्णय भने स्वंय लगानीकर्ताले गर्ने विषय हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.