काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल पुरा गरेर शुक्रबार निर्वाचन आयोगबाट बिदाइ भएका छन्।
थपलिया २०७६ साल वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका थिए। उनलाई निर्वाचन आयोगमा एक कार्यक्रमविच बिदाइ गरियो।
थपलिएकाले विदाईकाक्रममा ६ वर्षको कार्यकालको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सिर्जनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्वपूर्ण अवसरको रुपमा लिएको बताए।
कार्यक्रममा आयोगका पदाधिकारी एवं कर्मचारीहरूले थपलियाको विदाई गरेका हुन् । थपलियालाई निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो उपहार प्रदान गरे।
थपलियाले आफ्नो ६ बर्षे कार्यकालमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका आवधिक निर्वाचनहरू, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचनहरू सम्पन्न गरेका थिए।
उनले निर्वाचन आयोगमा क्रियाशील रहँदा नेपालको संविधानबाट आयोगलाई प्राप्त कार्यक्षेत्रभित्र रही प्रचलित कानुन बमोजिम निष्ठा र इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न प्रयत्नशील रहेको धारणा समेत राखे। उनले आयोगको इमान्दार प्रयासमा अमूल्य सहयोग,सहकार्य र सहजीकरण गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरे।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।