काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक शेयर (एफपीओ) आइतबार बाँडफाँट हुने भएको छ। आइतबार बिहान ८:३० बजे बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको ठमेलस्थित कार्यालयमा बाँडफाँट प्रक्रिया हुने जानकारी गराइएको हो।
एफपीओमा अत्याधिक आवेदन परेकोले बाँडफाँट गोलाप्रथाबाट हुने भएको छ। कम्पनीका अनुसार १९ लाख ७४ हजार ७०९ जना लगानीकर्ताले २ करोड ३३ लाख ८४ हजार ५२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तर, कुल ५ हजार १२९ जनाले मात्र शेयर प्राप्त गर्नेछन् भने १९ लाख ६९ हजार ५८० जना लगानीकर्ताको हात खाली हुनेछ।
विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता रु. १०० मा ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ अनुसार सर्वसाधारणको स्वामित्वमा ३० प्रतिशत पुँजी संरचना कायम गर्न कम्पनीले एफपीओ ल्याएको हो।
तर, कम्पनीको एफपीओको क्रेडिट रेटिङ कमजोर देखिएको छ। केयर नेपाल ले एफपीओलाई ‘NP Single B Issuer’ रेटिङ प्रदान गरेको छ, जसले लघुवित्तले आफ्नो वित्तीय दायित्व पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। यो रेटिङ २०८२ सालको फागुन २२ गतेसम्म मान्य रहनेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।