काठमाडौं । युनाइटेड इदी-मर्दी एण्ड आर वि हाइड्रोपावरले चैत १० गतेदेखि आईपिओ निष्कासन गर्नै भएको छ ।
प्रभावित स्थानीयवासीका लागि ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने भएको छ ।
इच्छुक लगानीकर्ताले न्युनतम दश कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवदेन छिटोमा चैत्र २४ र ढिलोमा बैशाख ९ गते सम्म आवेदन दिन सकिनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।