add

नेप्सेमा कसरी लाग्छ सर्किट ब्रेक ? यस्तो छ कानूनी व्यवस्था






ActPro Nepal

|

२८ फागुन, २०७६

|
1256

काठमाडौं । सेयर बजार आफैंमा अस्थिर हुन्छ । यसको प्रवृत्ति नै गतिशील हुने भएकाले यो कहिलेकाहीँ एकोहोरो बढिरहने वा घटिरहने क्रम जारी हुन्छ । यस्तो अवस्थामा बजार अस्वभाविक हुन पुग्दछ । जसले गर्दा लगानीकर्तालाई धेरै फाइदा/क्षति हुने सम्भावना हुन्छ ।

त्यसैले लगानीकर्तालाई एकैपटकमा धेरै फाइदा/घाटा नपुगोस भनेर सम्बन्धित नियामक निकायले निश्चित प्रतिशतको घट/बढपछि कारोबार स्थगन गर्ने कानूनी व्यवस्था गरेको हुन्छ । जसलाई सर्किट ब्रेकर (सर्किट ब्रेक) भन्ने गरिन्छ । यो अत्याधिक सकारात्मक (पोजेटिभ) र नकारात्मक (नेगेटिभ) दुवै किसिमको हुने गर्दछ ।

अन्तर्राष्ट्रिय अभ्यास र बजारको आवश्यकता अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ चैत १९ देखि सेयर बजारमा सर्किट सम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । जस अनुसार एक कारोबार दिनमा ३ पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार कारोबार दिनमा बजार खुलेको पहिलो १ घण्टाभित्र ( नप्सेमा ११ देखि १२ बजेसम्म) नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने सर्किट लगाई २० मिनेटका लागि कारोबार बन्द गरिन्छ । जसले मार्केटलाई कुलडाउन गराउनमा सहयाेग गर्छ ।

यसैगरी कारोबार शुरु भएकोे दोस्रो घण्टाभित्र (१२ देखि १ बजेसम्म) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ ।

यस्तै दोस्रो सर्किटपछि पनि सूचक एकोहोरो घट/बढ हुने क्रम निरन्तर रह्यो भने सो दिनका लागि तेस्रो पटक सर्किट लगाई कारोबार पूर्ण बन्द गरिन्छ । अर्थात् बजार खुलेको तेस्रो घण्टाभित्र वा त्यसपछिको अवधिमा ( १ बजेदेखि ३ बजेसम्मको बीचमा) परिसूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाइ सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

यस अघि नेप्सेले कारोबार पहिलो घण्टमा ३ प्रतिशत घटे/बढेमा १५ मिनेट, दोस्रो घण्टामा ४ प्रतिशत घटे/बढेमा ३० मिनेट र तेस्रो घण्टा वा त्यस पछिको समयमा ५ प्रतिशत घटे/बढेमा पूरै दिनको सम्पूर्ण कारोबार बन्द गर्ने व्यवस्था रहेको थियो ।

कम्पनीको हकमा भने प्रत्येक कारोबारमा २ प्रतिशतका दरले अधिकतम १० प्रतिशत घट/बढ भएपछि सो कम्पनीको सेयर मूल्यमा सर्किट लाग्ने व्यवस्था छ । यस्तो अवस्थामा कारोबार नै बन्द त हुँदैन तर उक्त दिनमा १० प्रतिशतको घटबढ सम्ममा मात्र कारोबार गर्न पाइन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.