add

हजार मेगावाट विद्युत् थपिँदै, कुन आयोजना सम्पन्न कहिले ?






ActPro Nepal

|

२७ फागुन, २०७६

|
1199

काठमाडौं ।  चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७८.७९ मेगावाट विद्युत् उत्पादन सुरु भई राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म २२ मेगावाटको तल्लो हेवा खोला, ९ सय ९७ किलोवाटको तल्लो छोटे खोला, ९.९ मेगावाटको इवा खोला, ७ मेगावाटको माथिल्लो मार्दी, ८ मेगावाटको माथिल्लो नौगढ गाड, २५ मेगावाटको कोबली बी एक राष्ट्रिय प्रसारणलाइनमा जोडिसकिएको छ ।

यस्तै ९ सय ९६ किलोवाटको जियलिगाड र ४.८ मेगावाटको पदम खोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेका छन् । ८.८ मेगावाटको रुदीखोला जलविद्युत् आयोजना र ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए र १४ मेगावाटको कुलेखानी तेस्रो पनि राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

कुन कुन आयोजना सम्पन्न हुँदैछन्

निर्माणमा ढिलाइ भए पनि ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाबाट चालु आर्थिक वर्षमा व्यावसायिक उत्पादन सुरु गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तोकिएको समयमा यो आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने बताए ।

यस्तै १ सय ११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको मिस्त्री खोला, ४२.५ मेगावाटको सान्जेन, ३० मेगावाटको ङ्यादी, २७ मेगावाटको दोर्दी खोला आयोजनाले चालु आर्थिक वर्षभित्र व्यावसायिक विद्युत् उत्पादन गर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै २५/२५ मेगावाटको सिंगटी खोला र माथिल्लो दोर्दी ए, १४.८ मेगावाटको माथिल्लो सान्जेनसहित अन्य २४ जलविद्युत् आयोजनाको समेत गरी करिब ९ सय मेगावाट यसै आर्थिक वर्षभित्र विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्राधिकरणले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.