काठमाडौं । पछिल्ला केही महिनायता सेयर बजारमा नयाँ उत्साह थपिएको छ । दैनिक कारोबार रकम ५ अर्ब हाराहारीमा पुग्न लागिसकेको छ ।
अहिले दैनिक ४ घण्टा सेयर कारोबार हुँदै आएको छ । सेयर कारोबारको समय दैनिक १ घण्टा बढाएर १० देखि ३ बजेसम्म गरिने भएको छ। अहिले ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले दैनिक ४ घण्टा सेयर कारोबार गर्दै आएको थियो। अब दैनिक ५ घण्टा सेयर कारोबार हुने भएको छ।
सेयर बजारलाई नियमन गर्दै आएको नेपाल धितोपत्र बोर्डले दैनिक ४ घण्टा हुँदै आएको सेयर कारोबारलाई आगामी दिनमा ५ घण्टा पुर्याउने गरी काम गर्न नेप्सेलाई पत्राचार गरको छ।
अहिलेको प्रारम्भिक छलफल अनुसार बोर्डले बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सेयर कारोबार गर्नका लागि उचित हुने निष्कर्ष निकालेको छ । यसैअनुसार नेप्सेसँग पन रायसुझाव मागेको हो । यता, नेप्सेले पनि बोर्डले पत्र पठाएको स्वीकार गरेको छ । तर, हालसम्म यसबारेमा नेप्सेमा अहिलेसम्म औपचारिक छलफल भने भइसकेको छैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।