काठमाडौं, ६ फागुन । मंगलवार सुनको मूल्य प्रतितोला २०० सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलामा २०० रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ७६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
सोमवार प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मगलवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ४०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
उता चाँदीको भाउमा भने कुनै परिवर्तन भएन् । आज चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ कायम
भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।