ललितपुर । ग्लोबल मोटर्सले बालकुमारी मा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । फागुन ८ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए।
ग्लोबल मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ। त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ। बालकुमारीमा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले जनाएका थिए ।
‘टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरशिपले हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ’, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।