add

प्रादेशिक आर्थिक गतिविधि अध्ययन गर्दै राष्ट्र बैंक






ActPro Nepal

|

४ फागुन, २०७६

|
1052

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले मुलुकको समग्र आर्थिक गतिविधिको बृहत अध्ययन सुरु गरेको छ ।

आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन ०७६ मा तोकिएको ढाँचाअनुसार अध्ययन गर्न अनुसन्धान विभागले सबै निकायलाई निर्देशन दिइसकेको छ ।

यसअघि ५७ वटा जिल्लाको मुख्य मुख्य क्षेत्रमात्र अध्ययन गरेको राष्ट्र बैंकले अब समग्र आर्थिक गतिविधिको अध्ययन गर्न लागेको हो।

सबै प्रदेशमा आर्थिक गतिविधिको अवस्था पत्ता लगाउने उद्देश्यले उक्त अध्ययन थालिएको हो । अध्ययनमा औद्योगिक बैकिङ, पर्यटन, पूर्वाधार, ठूला परियोजना, उत्पादन, रोजगारीलगायत क्षेत्रको अवस्था त्रैमासिक अर्धवार्षिक र वार्षिक रुपमा सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि आफ्ना प्रादेशिक कार्यालय तथा विभागमा निर्देशन जारी भएको छ । ‘आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन ०७६’ मा तोकिएको ढाँचा अनुसार अध्ययन गर्न अनुसन्धान विभागले सबै निकायलाई निर्देशन जारी गरिएको हो ।

यसअघि राष्ट्र बैंकले अर्धवार्षिक र वार्षिक रुपमा आर्थिक गतिविधि अध्ययन गर्दैै आएको थियो । अनुसन्धान विभागको नेतृत्वमा राष्ट्र बैंकका सात प्रादेशिक कार्यालय ९साविको क्षेत्रीय कार्यालय० को सहयोगमा हुँदै आएको उक्त अध्ययनमा ५७ जिल्लामात्र समावेश गरिदै आएको थियो ।

नयाँ अध्ययनमा ७७ वटै जिल्लाका औद्योगिक, बैकिङ, पर्यटनलगायत क्षेत्रका प्रदेशगत रुपमा तथ्यांक संकलन गरिने छ ।

राष्ट्र बैंकले हाल गर्दै आएको आर्थिक गतिविधि अध्ययनमा पर्यटन, पूर्वाधार, परियोजनालाई समावेश गरिएको छैन । मार्गदर्शन अनुसार अब चैतभित्र अर्धवार्षिक र असोज भित्र वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिसक्नु पर्ने छ ।

राष्ट बैंकले गत आर्थिक वर्षको उक्त अध्ययन गत साता मात्र सार्वजनिक गरेको छ । आउँदा वर्षमा कुनै कारण विशेष बाहेक सबै प्रतिवेदन निर्धारित समयमै सार्वजनिक गरिने बताइएको छ ।

राष्ट्र बैंकका प्रादेशिक कार्यालयले पनि अर्धवार्षिक र वार्षिक रुपमा सो क्षेत्रको आर्थिक गतिविधि अध्ययन सार्वजनिक गर्ने छन् । हाल प्रादेशिक कार्यालयहरुले त्यस्तो अध्ययन गर्दैनन ।

उनीहरुले आफ्नो क्षेत्रको तथ्यांक संकलन गरी सिधै केन्द्रिय पठाउँदै आएका थिए । अब भने आफै पनि सो क्षेत्रको छुट्टै प्रतिवेदन तयार पारिनेछ ।

त्यसको आधारमा आधारमा केन्द्रिय कार्यालयले एकिकृत प्रतिवेदन तयार पार्नेछ । जसमध्ये औद्योगिक, बैकिङ र पर्यटन क्षेत्रसँग सम्बन्धीत तथ्यांक राष्ट्र बैंकले त्रैमासिक रुपमा सार्वजनिक गर्नेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.