add

नेप्से साढे १ अंकले घट्दा १ अर्ब ७७ करोडको करोबार






ActPro Nepal

|

१ फागुन, २०७६

|
1057

काठमाडौं, १ फागुन ।  साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसुचक नेप्सेमा सामान्य गिरावट भएको छ । विहिवार नेप्से परिसूचक १.३९ अंकले घटेर १ हजार ३ सय ४४.५९ अंकमा झरेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.३२ अंकले घटरे २ सय ८४.२४ अंकमा झरेको छ ।

विहिवार ट्रेडिङ, फाइनान्स, निर्जीवन बिमा कम्पनी, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, र जीवन बिमा समुहको सूचक बढ्यो भने बैकिङ्ग, होटल, विकास बैंक, जलविद्युत र सामुहिक लगानी कोष समुहको सूचक घट्यो ।

विहिवार सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक २.९६ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको १.५० प्रतिशत, जीवन बिमा समुहको १.३६ प्रतिशत, लघुवित्त समुहको १.२७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक १.६१ प्रतिशत घट्यो । त्यस्तै, बैकिङ्ग समुहको ०.७८ प्रतिशत, समुहिक लगानी कोष समुहको ०.५१ प्रतिशत घट्यो ।

विहिवार कारोबारमा भने केही सूधार भएको छ । आज १ सय ७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर १७ हजार ६ सय ९८ पटक किनबेच हुँदा १ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै हिमालयन डिस्ट्रीलरी कम्पनीका शेयर धनीले कमाए । हिमालयनको शेयर मूल्य ९.९३ प्रतिशत बढ्यो । त्यस्तै, गणपति लघुवित्त वित्तीय संस्थाको ८.९३ प्रतिशत, रिडी विद्युत कम्पनीको ७.४८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनी छन् । डेभलपर्सको शेयर मूल्य ५.१० प्रतिशत घट्यो । त्यस्तै, ओरन्टीएल होटलको ४.९२ प्रतिशत घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्ट्रीलरी कम्पनीले गर्यो । डिस्ट्रीलरीले १२ करोडको कारोबार गर्यो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.