add

विद्युतीय माध्यमबाट भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता, कसरी पाइन्छ रकम ?






ActPro Nepal

|

२८ माघ, २०७६

|
909

दिपक घिमिरे -काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले मंगलबारदेखि १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् ।

मंगलबार अर्थमन्त्री युवराज खतिवडाले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेसँगै यो कार्यक्रम औपचारिक रूपमै कार्यान्वयनमा आएको हो ।

विभागबाट तयार गरिएको प्रणालीमा उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्कट एण्ड डिपार्टमेण्टल प्रालिको त्रिपुरेश्वर शाखा तथा केकेरएफसी न्यूरोड शाखाबाट कर लाग्ने वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताहरूमा यो शुरु गरिएको हो ।

आन्तरिक राजस्व विभागले यसअघि नै ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६’ जारी गरिसकको छ ।

कसरी पाइन्छ त भ्याट फिर्ता ?

विद्युतीय बिलिङको अनुमति लिएका कम्पनीमार्फत् भ्याट तिरेमात्र तिरेको रकमको १० प्रतिशत फिर्ता हुन्छ ।

उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा सरकारले यस वर्षको बजेटमार्फत नै गरेको थियो ।

यस्तो प्रणालीमा सुधार गरेका बिक्रेताहरुबाट एक पटकममा एक हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु जा सेवाको खरिद गरी विद्युतिय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्ने जनाएको छ ।

उपभोक्ताले विद्युतीय भुक्तानीसम्बन्धी उपकरण (विद्युतीय बैंकिङ, भुक्तानी कार्ड, अन्तर बैंक भुक्तानी, ई(मनी र मोबाइल बैंक) बाट खरिद गरेको अवस्थामा कर फिर्ता हुन सक्ने व्यवस्था छ ।

विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताको खाताबाट बिक्रेताको बैंक खातामा र बिक्रेताको खाताबाट पुनस्उपभोक्ताको बैंक खातामा रकम जम्मा हुने गरी प्रणालीमा सुधार गर्नु पर्ने भएको हुँदा यो प्रणालीका मुख्य सरोकारवाला पक्ष जस्तैस्विद्युतीय बीजक जारी गर्ने मूल्य अभिबृद्धि करमा दर्ता भएका बिक्रेता, भुक्तानी प्रणाली संचालक, भुक्तानी सेवा प्रदायक संस्थाहरुको सक्रिय सहयोग प्राप्त हुने विश्वास राखिएको छ ।

उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका फोन पे, इसेवा, खल्ती, कनेक्ट आइपीएस जस्ता भुक्तानी प्रणाली संचालक तथा भुक्तानी सेवा प्रदायक संस्थासंग आवद्ध बिक्रेता तथा उपभोक्ताहरुमा पनि लागू गरिएको छ ।

यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एक पटकमा रु। १ हजारदेखि रु १ लाख सम्मको मूल्य अभिबृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन । यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

करदाताले के गर्ने ?

साथै, आजैदेखि करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत शुभारम्भ गरिएको छ, जसमा प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिने छ ।

कुनै साझेदारी फर्म वा कम्पनीलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा सो निकायको व्यवसायिक सूचनाका अतिरिक्त सो निकायको प्रमुख कार्यकारी व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई बायोमेट्रिक दर्ता प्रणालीमा अभिलेख रहने प्रणालीको विकास गरिएको छ ।

यो प्रणाली हाल आन्तरिक राजस्व कार्यालय टंगाल र नयाँ सडकबाट प्रारम्भ गरिएको छ र क्रमशः अन्य आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा विस्तार गरिनेछ ।

यो प्रणालीले करदाता दर्ता प्रणालीमा सुधार गरी गुणस्तरीयता कायम गर्ने र हाल मूल्य अभिबृद्धि करमा दर्ता रहेका करदाताहरुको विवरण क्रमस् नयाँ दर्ता प्रणालीमा अद्यावधिक हुने बताइएको छ ।

यो प्रणालीमा कसको के भूमिका हुन्छ ?

विक्रेताको भूमिका

१. विभागमा सूचीकृत गरिएको विद्युतीय बीजक सम्बन्धी सफ्टवेयर प्रयोग गरी बीजक जारी गर्नुपर्छ ।

२. विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी प्राप्त गर्ने र फिर्ता गर्ने गरी भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकसँग विद्युतीय माध्मयबाट आबद्ध हुनुपर्छ ।

३. विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट उपभोक्तालाई कर फिर्ता दिने प्रयोजनको लागि विभागसमक्ष निवेदन दिनु पर्नेछ र उक्त निवेदन विभागको एकीकृत कर प्रणालीमार्फत पेश गर्नु पर्छ ।

४. कर लाग्ने वस्तु वा सेवा आपूर्ति गर्दा उपभोक्ताले विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने तरिका छनौट गरेपछि विवरण भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकलाई नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्डअनुसार स्वचालित रुपमा पठाउनु पर्छ ।

५ .कर लाग्ने वस्तु वा सेवा आपूर्ति गरी आफ्नो बैंक खातामा भुक्तानी प्राप्त गर्ने, भुक्तानी प्राप्त भएपछि आफ्नो बैंक खाताबाट स्वचालित रुपमा कर रकम उपभोक्तालाई फिर्ता गर्ने तथा यसरी कर फिर्ता गर्दा त्यस्तो कारोबार, उपभोक्ताको विवरण र फिर्ता हुने रकमको यकिन गर्नुपर्छ ।

६. विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट उपभोक्ताको खातामा फिर्ता गरेको कर रकम प्रत्येक कर अवधिको कर विवरण पेश गर्दा उक्त कर विवरणको अन्य थपघट महलको क्रेडिटतर्फ उल्लेख गर्नुपर्छ ।

७. आफ्नो कारोबारस्थलमा विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको जानकारी सार्वजनिक गर्नुपर्छ ।

भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकको भूमिका

१. विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट उपभोक्तालाई कर फिर्ता दिने प्रयोजनको लागि विभागसमक्ष निवेदन दिनु पर्नेछ र उक्त निवेदन विभागको एकीकृत कर प्रणालीमार्फत पेश गर्नु पर्नेछ ।

२. विक्रेताबाट विवरण स्वःचालित रुपमा प्राप्त भएपछि उपभोक्ताको बैंक खाताबाट विक्रेताको बैंक खातामा रकम जम्मा गर्ने र मूल्य अभिवृद्धि कर रकमको दश प्रतिशतले हुने रकम पुनः विक्रेताको बैंक खाताबाट उपभोक्ताको बैंक खातामा जम्मा गरिदिनुपर्छ ।

३. विक्रेता र उपभोक्ताको खातामा रकम आदान प्रदान गरेपछि प्रत्येक कारोबारको विवरण विभागको प्रणालीमा कारोबार भएको दिनको भोलिपल्ट स्वचालित रुपमा पठाउनु पर्छ ।

४. कर फिर्ता भएपछि कर फिर्ता रकम र कारोबार संकेत नम्बरसहितको विवरण विक्रेताको विद्युतीय बीजक सम्बन्धी सफ्टवेयरमा स्वचालित रुपमा पठाउनु पर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.