काठमाडौं, १७ माघ । शुक्रबारदेखि भृकुटीमण्डपमा ‘नेपाल उड इन्टरन्यासनल एक्स्पो’ को छैटौं संस्करण सुरु भएको छ ।
मिडिया स्पेस सोलुसन्स र फ्युरेक्स ट्रेड फेयर एण्ड इभन्ट प्रालिले संयुक्त रुपमा आयोजना गरेको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका छन ।
फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसँग सम्बन्धित उत्पादन तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका निर्देशक सृजल भट्टराईले बताए ।
एक्स्पोमा भारत, चीन, अमेरिका इटाली र जर्मनीलगायत विभिन्न १० देशका १७३ ब्रान्ड प्रदर्शनीमा राखिएको उनले बताए ।
एक्स्पोकोमा प्रवेश निःशुल्क गरिएको छ । १५ देखि २० हजारसम्म दर्शकले मेलाको अवलोकन गर्ने विश्वास आयोजक संस्था लिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।