add

जनकपुरधाम नेपालको पहिलो क्यासलेस सहर बन्ने-आइएमई डिजिटल सोलुसन र यूकेएड सक्षमबीच सम्झौता






ActPro Nepal

|

१७ माघ, २०७६

|
1117

काठमाडौं ।  धनुषाको जनकपुरधामलाई ‘क्यासलेस’ सहर बनाउने अभियानको थालनी भएको छ ।

यो अभियानलाई मूर्त रुप दिन हालै जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सीईओ विकासकुमार नाहाटा र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि आइएमई डिजिटल सोलुसनले जनस्तरसम्म वित्तीय पहुँच पुर्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरधामलाई क्यासलेस बनाउन केन्द्रित रहनेछन् ।

सोही कार्यक्रममा विश्वका विकसित सहर क्यासलेस भइरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस सहरका रूपमा विकास गर्ने अभियानका लागि पैसा कार्डको औपचारिक सुरुवात पनि गरिएको छ । यो अभियानले जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस सहर बनाउने अभियानको थालनी भएको दाबी गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस सहरको रूपमा विकास गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए ।

यसैगरी आइएमईका प्रमुअ कार्यकारी अधिकृत सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे पनि ठूलो सम्भावना रहेको बताए । पोखरेलले यसका लागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरे ।

यसैगरी आइएमई डिजिटल सोलुसनका प्रमुख कार्यकारी अधिकृत नाहाटाले यदि नागरिकलाई डिजिटल वित्तीय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने दाबी गरे ।

वित्तीय समावेशीकरणको यो अभियानले मानिसहरूलाई बैंक खातामा परम्परागत फारमबिना नै बैंकिङमा जडान गर्न मद्दत गर्ने बताइएको छ । आईएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अंग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.