add

नर्भिकमा उपचाररत कलाकार निशा घिमिरेको निधन






ActPro Nepal

|

१७ भदौ, २०७८

|
1048

काठमाडौं । नर्भिकमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएकोमा दु:ख व्यक्त गरेका छन् ।

विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशाको ज्यान जोगिन नसकेको उल्लेख छ ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि उनको अवस्था गम्भीर बनेको बताइएको छ ।

दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरेपश्चात् अस्पतालले निःशुल्क उपचारको जिम्मेवारी लिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.