add

'कमेडी च्याम्पियन सिजन-२' को डिजिटल अडिसन सुरू






ActPro Nepal

|

१६ भदौ, २०७७

|
861

काठमाडौं। चर्चित रियालिटी शो 'कमेडी च्याम्पियन सिजन-२' को डिजिटल अडिसन सुरू भएको छ।


असोज १४ गतेसम्म जारी रहने अडिसनमा सहभागी हुन ४ः५९ मिनेटको कमेडी भिडिओ पठाउनुपर्नेछ।

अडिसनका लागि कमेडी च्याम्पियनको एपमा गएर भिडिओ अपलोड गर्न सकिने कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जानकारी दिए। अडिसनबाट प्राप्त भिडिओमध्ये १२० जनालाई अर्को चरणको लागि छनोट गरिने निर्देशक भण्डारीको भनाइ छ।

१२० जनाबाट २४ जना छनोट गरिने र टेलिभिजनबाट कार्यक्रम प्रसारण गरिनेछ।

कात्तिकको दोस्रो हप्ताबाट कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण गरिने कार्यक्रमको उत्कृष्ट १५ बाट भोटिङ सुरू गरिने उनको भनाइ छ।

कार्यक्रम कात्तिकको दोस्रो हप्ताबाट प्रसारण गरिनेछ। गत वर्षको डिजिटल अडिसनमा २ हजार २०० जनाले सहभागिता लिएका थिए। च्याम्पियनको विजेताले कार र २५ लाख रूपैयाँ पुरस्कार पाउनेछ। 

पहिलो सिजनको निर्णायकहरू सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै दोस्रो सिजनमा पनि हुनेछन्। हिमेश पन्त पहिलो सिजनको विजेता बनेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.