add

नारायण रायमाझीको चर्चित गीत कार्गिल युद्ध ‘के लेखौं र खबर आमा’ नयाँ भर्सनमा (भिडियो सहित)






ActPro Nepal

|

९ असार, २०७७

|
1497

रुपा खाति

काठमाडौं । चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको चर्चित गीत कार्गिल युद्ध ‘के लेखौं र खबर आमा’ नयाँ भर्सनमा सार्वजनिक भएको छ ।


सन् १९९९ मा काश्मिरमा भारत र पाकिस्तानबीच भएको बहुचर्चित कार्गिल युद्धमा नेपाली गोर्खा सैनिकले भोगेकोे वेदना समेटिएको गीत रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत नयाँ भर्सनमा सार्वजनिक भएको हो ।

नेपालबाट भारतीय सेनामा भर्ना हुन जाने नेपालीको कथालाई समेटिएको गीतमा दुई देशबीचको लडाईमा नेपाली युवाहरुले ज्यान गुमाउँदाको दुःख सुनाइएको छ।

स्व. लक्ष्मण रायमाझीको शब्द रहेको गीतमा लय संगीत, निर्देशक नारायण रायमाझीको रहेको छ । गीतलार्ई गायिका कमला पोखरेलले स्वरमा साथ दिएकी छिन् ।

छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन् । अन्य सहयोगीहरुमा श्याम स्वत रसाईली,तेजेन्द्र गुरुड, हेमन्तकान्छा रसाईली, संजिव रसाइली, धर्म गन्धर्व रहेका छन् ।

बालकलाकार प्रिन्शा खड्काको उत्कृष्ट अभिनय रहेको छ गीतको कलाकार रमा थपलिया,ऋषिराम खड्काले साथ दिएका छन् ।

हिन्दुस्तान र पाकिस्तानको लडाईमा सोझा नेपालीले ज्यान दिनु परेको कुरा गीतमा बरु खोलेसिस्नु खाएरै भए पनि आफ्नै देशमा बस्न अनुरोध गरिएको छ ।

परदेशमा हुने लडाइँमा लाउँ–लाउँ र खाउँ–खाउँ भन्ने उमेरका धेरै नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । पाकिस्तानी सेनाले गरेको गोलाबारीमा सोमबार पनि नेपाली गोर्खा सैनिक मारिएका छन्।



सोमबार गुल्मी जिल्ला छत्रकोट गाउँपालिका- ५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्कीको निधन भएको थियो ।

भारत र पाकिस्तानबीच कम्तीमा चार पटक युद्ध भए। ती सबैमा गोर्खाली सेना लडेका थिए। भारत र पाकिस्तानीबच सन् १९४७–४८ र सन् १९६५ मा कस्मिर युद्ध, सन् १९७१ मा बंगलादेश स्वतन्त्रताको युद्ध र सन् १९९९ मा कार्गिल युद्ध भएको थियो।

त्यसैगरी, सन् १९६२ मा भारत र चीनबीच युद्ध भएको थियो। सो युद्धमा पनि गोर्खा सैनिक प्रयोग भएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.