add

नाडा अटो डाइलग आज






ActPro Nepal

|

२५ चैत, २०८१

|
15

काठमाडौं । नाडा अटोमोबाइलले आज राजधानीमा ‘नाडा अटो डाइलग २०८१’ आयोजना गर्दैछ । डाइलगमा औद्योगिक नेतृत्व, अनुसन्धानकर्ता र अटो विज्ञहरुको सहभागिता रहने भएको छ ।

डाइलगमा अटोमोबाइल क्षेत्रमा देखिएको चुनौतिका साथै मुख्य ट्रेन्ड र प्रविधिका विषयमा छलफल हुने नाडाले जनाएको छ ।

नाडा अटो डाइलगको मंगलबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अटोमोबाइल क्षेत्रको दीर्घकालिन नीति र आर्थिक विकासका लागि इन्नोभेटिभ मोबिलिटी र मोबिलिटी फर अटोमोबाइल डेभलपमेन्ट विषयमा गहन छलफल हुने बताइएको छ ।

डाइलगमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको सहभागिता रहने नाडाले जनाएको छ । यस्तै राष्ट्रपति कार्यालयका सचिव रामप्रसाद घिमिरे, अर्थसचि घनश्याम उपाध्याय र ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यको सहभागिता रहने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.