काठमाडौं । इलेक्ट्रिक भेहिकल जायन्ट बीवाईडीले सोमबार चीनमा नयाँ चार्जिङ सिस्टम सार्वजनिक गरेको छ ।
शेन्जेनस्थित अटोमेकरले सुपर ई–प्लेटफर्म नाम दिइएको यो सिस्टमलाई पाँच मिनेटमै आफ्ना नयाँ मोडलहरू चार्ज गर्न सक्षम बनाएको छ । रोचक कुरा के छ भने, ५ मिनेटको चार्जमा यसले २५० माइलसम्म यात्रा गर्न सक्ने बताइएको छ ।
नयाँ टेक्नोलोजीलाई समर्थन गर्न बीवाईडीले चीनभर ४,००० अल्ट्रा-फास्ट चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाएको छ । यदि यो प्रविधि लोकप्रिय भएमा, बीवाईडीको नयाँ चार्जिङ प्लेटफर्मले इलेक्ट्रिक कार बजारलाई पूर्णरूपमा रूपान्तरण गर्न सक्छ । तुलनात्मक रूपमा, टेस्लाका सुपरचार्जरहरूले चार्ज गर्न १५ मिनेट लाग्ने र २०० माइलको दायरा प्रदान गर्ने बताइन्छ ।
बीवाईडीका अध्यक्ष वाङ चुआनफुले भने, "हाम्रो लक्ष्य पेट्रोल कारमा इन्धन भर्ने जत्तिकै छिटो ईभी चार्जिङ बनाउनु हो ।" यसै नयाँ चार्जिङ टेक्नोलोजीले सुसज्जित बीवाईडीका नयाँ मोडेलहरूको लागि प्रि-अर्डर सोमबारदेखि सुरु भएको छ ।
बीवाईडीको हङकङमा सूचिकृत शेयर मंगलबार ६ प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।