add

अटो व्यवसायीहरुको छाता संस्था नाइमा को औपचारिक घोषणा, साउनमा नेपाल मोबिलिटी एक्स्पो






ActPro Nepal

|

३ वैशाख, २०८२

|
261

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन’ (नाइमा) को औपचारिक घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी अटो व्यवसायीहरुको छाता संस्था नाइमाको घोषणा गरिएको हो ।

‘इम्पावरिङ ग्रोथ थ्रु मोबिलिटी’ भन्ने नाराका साथ स्थापानको घोषणा गरेको नाइमाले आगामी साउनमा पहिलो पटक ‘नेपाल मोबिलिटी एक्स्पो’ को आयोजना समेत गर्ने भएको छ । साउन २१ देखि २५ गतेसम्म तदनुसार अगस्ट ६ देखि १० सम्म राजधानीको भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागिएको नाइमाले जनाएको छ ।

एशोसिएसनकी अध्यक्ष रितु सिंह वैद्यले नेपालको मोविलिटी क्षेत्रको विकास, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व तथा सामुहिक रुपमा आवाज उठाउन नाइमाले प्रभावकारी भूमिका खेल्ने बताइन् ।

वैद्यको नेतृत्वमा गठित नाइमा कार्यसमिति सखस्यहरुमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदायन काब्रा रहेका छन् ।

नवगठित नाइमाले अटोमोबाइल र मोबिलिटी इकोसिस्टमका मुख्य व्यवसायीहरुलाई एक ठाउँमा ल्याएको भन्दै एशोसिएसनले आगामी दिनमा प्रभावकारी रुपमा अटो बजारको हीतमा पहलकदमी लिने उद्देश्य राखेको छ । एशोसिएसनले परिवर्तनका लागि उत्प्रेरक बन्ने लक्ष्य राखेको छ भने सरकारी निकाय, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर अटोमोटिभ इकोसिस्टमलाई आकार दिने काममा अघि बढ्ने जनाएको छ ।

निर्वाचन गर्ने परिपाटीलाई अंगीकार नगर्ने उद्घोष गरेको एशोसिएसनले आगामी दिनमा सहकार्य र संवादबाद सहमति कायम गरेर अघि बढ्ने प्रतिबद्दता जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.