add

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, १९२ कम्पनीको शेयरमा घाटा






ActPro Nepal

|

७ वैशाख, २०८२

|
147

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६.६८ अंकले घटेर दुई हजार ७०६.०४ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी आज कारोबार रकम पनि घटेको छ । आज कूल २ करोड १३ लाख २३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज ५३ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १९२ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्य सर्किट लेभलमा बढेको छ भने सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ। सो कम्पनीको मात्र ६८ करोड ७६ लाख रुपैयाँ बराबरको दोहोरो अंकले घट्यो नेप्से परिसूचकशेयर कारोबार भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.