add

राजेन्द्र लिङदेन लगायत राप्रपालाई छाड्ने तयारी






ActPro Nepal

|

७ वैशाख, २०८२

|
150

काठमाडौँ । निषेधित क्षेत्रमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरूलाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ। प्रहरीले उनीहरूलाई आज साँझै परिवारको जिम्मा लगाएर छाड्ने जनाएको छ।

राप्रपाले आइतबार सिंहदरबारभित्रै विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचना पाएपछि प्रहरीले लिङदेनसहितका नेताहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा लिङदेनसँगै नेता ज्ञानबहादुर शाही, बुद्धिमान तामाङ, युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल लगायत सात जना रहेका छन्। उनीहरू हाल काठमाडौंको जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ।

काठमाडौं प्रहरीका एक अधिकारीका अनुसार, पक्राउ परेकाहरूलाई कानुनी प्रक्रिया पुरा गरी आजै परिवारको जिम्मा लगाएर रिहा गरिने छ।

यसअघि आइतबारको प्रदर्शन शान्तिपूर्ण नै भएको प्रहरीको दाबी छ। तर बिजुलीबजार क्षेत्रमा निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयास गरिएको र प्रहरीले त्यसलाई असफल पारेको जनाएको छ।

यसअघि गत १५ चैतमा राप्रपाले गरेको प्रदर्शन हिंसात्मक बनेपछि नेता धवलशमशेर राणा र रबिन्द्र मिश्रसहित केही नेताहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.