add

नाडा र नाडाका प्रादेशिक एसोसिएसनबीच अन्तरक्रिया






ActPro Nepal

|

५ फागुन, २०८१

|
70

काठमाडौँ । फागुन २ गते बुटवल रुपन्देहीमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एसोसिएसनका अध्यक्षहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल भएको थियो। सो कार्यक्रममा संस्थागत एसोसिएसनहरुबाट उपस्थित भएका पदाधिकारी तथा सदस्यहरुले विभिन्न प्रश्नहरु गर्दै त्यसको समाधानका लागिसमेत आग्रह गरेका थिए।

पदाधिकारी तथा सदस्यहरुले कर तिर्ने व्यवसायीहरुले सरकारी तहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारीबाट सामानहरुसँगै अटोमोबाइल प्राविधिज्ञहरु समेत आउने गरेको र यसले साना व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंकहरुले ऋण दिने भने पनि व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था नरहेको, प्रदेश यातायात व्यवस्था कार्यालयहरुमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको, देशको राजस्व र रोजगारीको क्षेत्रमा अटोमोबाइल क्षेत्रको ठूलो लगानी भए पनि सोअनुरुप सरकारको दृष्टिकोण सकारात्मक नभएको गुनासो व्यवसायीहरुको थियो।

त्यस्तै बजार अनुगमनको नाममा अझै जरिवाना तिनुपर्ने अवस्था विद्यमान नै रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरुलाई आफनो व्यवसायमा टिकिरहन कठीन हुँदै गएको, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मूल्यांकनका सम्बन्धमा भन्सार कार्यालयहरुमा हुने गरेको समस्या,  ब्राण्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, खुल्ला वोर्डरले पारेको समस्या, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नक्कली अटोमोबाइल पार्टसहरुको आयातले व्यवसायीहरुले भोग्नु परेको समस्यालगायतका विभिन्न विषयहरुमा प्रश्न राखेका थिए।

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले त्यहाँ उठेका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए। अध्यक्ष चौधरीले सरकारले नाडाको आवाज सुन्न थालेको भन्दै सरकारले हालै अध्यादेशमार्फत ल्याएको ऐनबाट धेरै हदसम्म मागहरु सम्बोधन भएको जानकारी गराए।

अध्यक्ष चौधरीले सन्दर्भ मूल्यसूची समयसापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न मागहरुलाई लिएर प्रधानमन्त्री कार्यालयलगायत सम्बद्ध मन्त्रालय र विभागहरुमा भेटघाट र छलफलसमेत गरिएको पनि बताए। बंगलादेश, भुटान, भारत र नेपालबीच हुन लागेको बीबीआईएन सहमतिसम्बन्धी बैठकमा आफै सहभागी भएको र त्यस सहमतिले नेपालको अटोमोबाइल क्षेत्रलाई पार्ने नकारात्मक प्रभावहरुका विषयमा नाडाको तर्फबाट धारणा राखिएको उनले कार्यक्रममा बताएका थिए।

हालै भारतको नयाँ दिल्लीमा भारत मोबिलिटीको सन्दर्भमा नाडा, एक्मा र एएसडीसीबीच भएको सहमतिबारेसमेत छलफलमा जानकारी गराएका थिए। 

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले स्वागत गरेका थिए भने कायक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए। त्यसैगरी सो कार्यक्रमको धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए।

भर्चुअल विधिमा समेत आयोजना गरिएको सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, संस्थागत सदस्य कृष्णप्रसाद श्रेष्ठ तथा भद्र भण्डारी, केन्द्रीय कार्य समिति सदस्यद्वय नवराज भुषाल, प्रकाश कपुरी, सुनिल रिजाल, निलमणी पाठक, मेघराज पौडेल, नारायणप्रसाद पौडेलसमेतको उपस्थिति रहेको थियो। 

त्यसैगरी हेटौँडा अटोमोबाइल्स एसोसिएसन कातर्फबाट अध्यक्ष ऋषि ढकाल, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन का अध्यक्ष दिपेन्द्र कोइराला समेतको उपस्थिति रहेको थियो। त्यसैगरी लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका तर्फबाट वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्णप्रसाद भण्डारी, उपाध्यक्ष नरेन्द्र ओली, महासचिव राम बेलवासे, सचिव विवेक श्रेष्ठ, कोषाध्यक्ष नारायण पौडेल, सहकोषाध्यक्ष चन्द्रदिप जोशी, सहसचिव तिलकराम पाण्डे सदस्यद्वय दिपक ओली, प्रवेश भट्टराई, रमेश श्रेष्ठ, थिरेन्द्र श्रेष्ठ, दिपक पौडेल, केशव पाण्डे, बालकृष्ण पाण्डे, ओमहरी आचार्य, कमल न्यौपाने, दिनेश अमात्य र साधारण सदस्य प्रकाश भट्टराई र जगदिश भट्टसमेतको उपस्थिति रहेको थियो।

कार्यक्रममा हेटौँडा अटोमोबाइल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष धर्म धिमाल, महासचिव दिपेन्द्रकुमार उप्रेती र सदस्य विकास नेपालको उपस्थिति रहेको थियो। कर्णाली अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष सै अनवर अली, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सल्लाहकार गोपाल प्रसाद पाण्डे, कानूनी परामर्शदाता कृष्णप्रसाद पाण्डेसमेतको उपस्थिति रहेको थियो।

यस किसिमका कार्यक्रमहरुले नाडा र नाडा संस्थागत (प्रदेश) एसोसिएसनहरुबीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको छ। यस्ता कार्यक्रमहरु नाडाले विगतमा पनि गर्दै आएको र आउँदा दिनहरुमा पनि गर्दै जाने जनाएको छ।

फागुन ३ गते बुटवलमा भएको लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको चौथो वार्षिक साधारण सभाको सन्दर्भमा नाडाले सो अन्तरक्रिया कार्यक्रम राखेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.