काठमाडौं । अशोक लेल्याण्डले आइएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट-जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ ।
लेपावर जेनसेटको नेपालका लागि आधिकारिक वितरक आइएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पूरा गर्ने उद्देश्यले अत्याधुनिक पावर सोलुसन उपलब्ध गराउने क्रममा लेपावर जेनसेट बजारमा ल्याएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफू अशोक लेल्यान्डको सन्तुष्ट ग्राहकको नाताले यसको इन्जिन र यसको सुपेरियर बिल्ड क्वालिटीप्रति विश्वस्त रहेकाले पावर सोलुसन बजारमा समेत लेपावर जेनसेट गेम चेन्जर बन्ने विश्वास लिइएको बताए ।
अशोक लेल्यान्डका सार्क हेड अमिताभ श्री वास्तवले अशोक लेल्यान्ड इन्डियाले लेपावर जेनसेटका साथ नेपालको बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै गइरहेको बताए ।
आइएमई ग्रुपसँगको सहकार्यले विश्वसनीयता र उत्कृष्टताका माध्यमबाट सहरी र औद्योगिक क्षेत्रमा आवश्यक ऊर्जा उपलब्ध गराउनका लागि यी जेनसेट उत्पादन तथा बिक्री वितरण गरिएको उनको भनाइ छ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै क्षेत्रमा गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनमा आईएमई ग्रुप प्रतिबद्ध रहेको बताए । ग्राहक सन्तुष्टि र विश्वसनीयता बढाउन बिक्री पछिको सेवालाई प्राथमिकता दिएको र लेपावर जेनसेटका ग्राहकलाई समेत खुसी र विश्वसनीयता कायम राख्न अतुलनीय सेवा र जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।