add

मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यान नेपालमा भित्र्याउँदै






ActPro Nepal

|

२६ चैत, २०८०

|
165

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सिएचटिसी मोटर्स)को नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस अनुसार अब मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरू नेपाली बजारमा बिक्री–वितरण गर्नेछ । 

‘व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यान वातारणमैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । अप्रिल महिनाको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुनेछन् ।  

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, २८५ किलोमिटर रेञ्ज (एकपटकको फुलचार्जमा), लिथिएमआएन ब्याट्री प्याक, २०५ एमएम ग्राउण्ड  क्लिएरेन्स, सुविधाजनक कम्पनीजडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषता रहेका छन् । यिनीहरूमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ । जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानमा पाइँदैन । त्यस्तै, विशेषतः ११ सिटक्षमताको भ्यानमा बुट स्पेससमेत उपलब्ध छ । 

चीन सरकारद्वारा सञ्चालित सिएचटिसी मोटर्स विश्वको ५०० सर्वोत्कृष्ट  कम्पनीमध्येको सिनोमाच ग्रुपको एक इकाइ हो  । समुच्च प्रविधिमा आधारित  सिएचटिसी मोटर्स चीनको अटोमोबाइल बजारमा अग्रणी नाम हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.