add

नेपाल ल्युबको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न






ActPro Nepal

|

१४ फागुन, २०८०

|
114

काठमाडौं । नेपाल ल्युब आयलले आफ्ना रिटेलरहरू तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसंगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युबले चितवनमा उत्तः कार्यक्रम सम्पन्न गरेका हो ।

नेपाल ल्युबको चितवनको लागि आधिकारिक डिलर आशीर्वाद अटो ट्रेडिङ्गको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा बिक्रेता र मेकानिक्सहरूको सहभागीता थियो ।

नेपाल ल्युब आयलका उपमहाप्रबन्धक दिवाकर मिश्रले उक्त कार्यक्रमको उद्देश्य रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसंग प्रत्यक्ष भेटघाट गरी उनीहरूको सल्लाह, सुझाव लिनु रहेको बताए ।

‘यो भेटघाट कार्यक्रम हाम्रो लागि निकै महत्त्वपूर्ण रहेको छ र यो हामी देशभरी संचालन गर्दै आएका छौं । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसंग प्रत्यक्ष भेटघाट गरी उहाँहरूको सल्लाह र सुझाब लिई, त्येही अनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मैत्री नीति बनाउनु हो,’ उनले भने ।

कार्यक्रममा नेपाल ल्युब आयलका एसिष्टेन्ट म्यानेजर राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा लुब्रिकेन्ट्स बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्ने रिटेलर एवं मेकानिकहरूलाइ हौसला स्वरुप सम्मान समेत गरिएको थियो ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.